मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा

धनुषा, ५ माघ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उहाँले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागु हुनेगरी राजीनामा दिनुभएको हो ।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा

धनुषा, ५ माघ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उहाँले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागु हुनेगरी राजीनामा दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *