कप्तान सावित्रा भण्डारी तनहुँमा सम्मानित

तनहुँ, ११ भदौ । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तिजको अवसरमा आयोजना गरेको तिज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो । भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गर्नुभयो । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिनुभयो । कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताउनुभयो । गाउँमा मोजाको बल खेल्दै काठमाडौँ पुगेको विगत स्मरण गर्दै भण्डारीले भन्नुभयो, “म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थेँ, पिटाइ खान्थेँ । मैले तत्कालीन समयमा गरेको मेहिनतका कारण आज यो ठाउँमा छु ।” त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताउनुभयो ।...

कप्तान सावित्रा भण्डारी तनहुँमा सम्मानित

तनहुँ, ११ भदौ । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तिजको अवसरमा आयोजना गरेको तिज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गर्नुभयो । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिनुभयो ।

कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताउनुभयो । गाउँमा मोजाको बल खेल्दै काठमाडौँ पुगेको विगत स्मरण गर्दै भण्डारीले भन्नुभयो, “म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थेँ, पिटाइ खान्थेँ । मैले तत्कालीन समयमा गरेको मेहिनतका कारण आज यो ठाउँमा छु ।”

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताउनुभयो । गुरुङले खेलकुदको माध्यमबाट भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *