पहिरोले महाकाली राजमार्ग पुनःअबरुद्ध

पहिरोले महाकाली राजमार्ग पुनःअबरुद्ध

दार्चुला, ७ भदौ । पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जिप पहिरोमा फसेको हो ।

पहिरो खसेपछि जिपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा पुरिएको जिपमा मानवीय क्षति भएको छैन । वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जिपलाई निकाल्न समस्या भएको रावतले बताउनुभयो । सडक विभागको उपकरणले पहिरो नजिक छन् । वर्षा नरोकिएपछि काठमाडौँ र महेन्द्रनगरबाट आएका बस पनेवाजमा रोकिएका छन् ।

जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन् । उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ । यसका कारणले यात्रुले सास्तीभोग्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *