चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको फाइनलमा

चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको फाइनलमा

ताप्लेजुङ, २८ साउन । चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत् ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।

खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १—१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

बिहीबार सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्ने छ । सो समूहका विजेताले फाइनलमा चर्च ब्वाइजसँग भिड्ने छ । आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते फाइनलका दिन खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । विजेता टोलीले नगद सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ, भने उपविजेताले तीन लाख ५० हजार ८२ रूपैयाँ पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *