यू–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

यू–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

काठमाडौँ, २३ साउन । नेपालले एएफसी महिला यू–२० एसियन कप छनोटमा जित हासिल गरेको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन् । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *