जापानमा ‘गुल्मी सत्यवती समाज’ को  समिति गठन, संरक्षकमा निर्मल ढकाल

  टोकियो, जापान – २०८२ साउन २२ जापानमा रहेका गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका प्रवासी नेपालीहरूलाई एकता, सहयोग र सामाजिक सेवामा संगठित गर्नका लागि ‘गुल्मी सत्यवती समाज जापान’ नामक संस्थाको प्रारम्भिक समिति गठन गरिएको छ। समाजको संरक्षकमा लामो समयदेखि जापानमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका सफल युवा व्यवसायी निर्मल ढकाल चयन हुनु भएको छ। उहाँले NRNA जापान देखि विभिन्न सामाजिक संस्थामा सक्रिय भूमिका निभाउँदै आएका छन्। उहाँले लामो समयदेखि यो संस्थाको परिकल्पना गर्दै आएको र अब समितिको बिस्तार संगै “लेकदेखि बेसीसम्मका सम्पूर्ण सत्यवतीवासीलाई यस समाजमा जोड्ने,” प्रयास रहने बताउनु भयो । समाजको अध्यक्षमा चयन हुनु भएका धिरज भण्डारी ले भने, “यो संस्था बिसुद्ध सामाजिक सेवा र सांस्कृतिक पहिचानको संरक्षणका लागि हो। हामी सबै वडाका, सबै भूगोलका सत्यवतीवासीहरूलाई प्रतिनिधित्व हुने गरी पूर्ण समिति आउँदो बैठकमा गठन गर्नेछौं।”भन्दै, सम्पूर्ण सत्यवती बासीलाइ संस्थामा आबद्ध भइ सहयोग गर्न अनुरोध गर्नुभयो।        

 

टोकियो, जापान – २०८२ साउन २२ जापानमा रहेका गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका प्रवासी नेपालीहरूलाई एकता, सहयोग र सामाजिक सेवामा संगठित गर्नका लागि ‘गुल्मी सत्यवती समाज जापान’ नामक संस्थाको प्रारम्भिक समिति गठन गरिएको छ।

समाजको संरक्षकमा लामो समयदेखि जापानमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका सफल युवा व्यवसायी निर्मल ढकाल चयन हुनु भएको छ।

उहाँले NRNA जापान देखि विभिन्न सामाजिक संस्थामा सक्रिय भूमिका निभाउँदै आएका छन्। उहाँले लामो समयदेखि यो संस्थाको परिकल्पना गर्दै आएको र अब समितिको बिस्तार संगै “लेकदेखि बेसीसम्मका सम्पूर्ण सत्यवतीवासीलाई यस समाजमा जोड्ने,” प्रयास रहने बताउनु भयो ।

समाजको अध्यक्षमा चयन हुनु भएका धिरज भण्डारी ले भने, “यो संस्था बिसुद्ध सामाजिक सेवा र सांस्कृतिक पहिचानको संरक्षणका लागि हो। हामी सबै वडाका, सबै भूगोलका सत्यवतीवासीहरूलाई प्रतिनिधित्व हुने गरी पूर्ण समिति आउँदो बैठकमा गठन गर्नेछौं।”भन्दै, सम्पूर्ण सत्यवती बासीलाइ संस्थामा आबद्ध भइ सहयोग गर्न अनुरोध गर्नुभयो।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *