बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

काठमाडौँ, २२ साउन । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले लेख्नुभएको छ,‘ कुनै पनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन । यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ । सरकारले यस प्रकारको कार्य तत्काल रोकोस् ।’

श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्यविपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *