ऊर्जा मुलुकको समृद्धिसँग जोेडिएको छ : मन्त्री खड्का

काठमाडौँ, २ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा मुलुकको समृद्धिसँग जोडिएको बताउनुभएको छ । विद्युत् विकास विभागको ३२औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा मुलुकको समृद्धिसँग जोडिएकाले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । “हामीले भाषण धेरै ग¥यौँ, अब साँचिकै काम गर्ने समय हो, यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भएपनि अघि बढ्नुपर्छ, ऊर्जा केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो”, मन्त्री खड्काले भन्नुभयो । देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । “ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौँ, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौँ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्नुभयो । “हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।...

ऊर्जा मुलुकको समृद्धिसँग जोेडिएको छ : मन्त्री खड्का

काठमाडौँ, २ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा मुलुकको समृद्धिसँग जोडिएको बताउनुभएको छ ।

विद्युत् विकास विभागको ३२औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा मुलुकको समृद्धिसँग जोडिएकाले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

“हामीले भाषण धेरै ग¥यौँ, अब साँचिकै काम गर्ने समय हो, यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भएपनि अघि बढ्नुपर्छ, ऊर्जा केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो”, मन्त्री खड्काले भन्नुभयो ।

देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । “ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौँ, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्नुभयो । “हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने मन्त्री खड्काले बताउनुभयो । सरकार र निजी क्षेत्रको सहकार्यले ऊर्जा क्षेत्रको विकास हुने उहाँको भनाइ थियो ।

यो वर्ष चार सय ३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन भएको मन्त्री खड्काले बताउनुभयो । मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास भएको उहाँको भनाइ थियो ।

वार्षिकोत्सव समारोहमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सरिता दवाडी, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्र, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, विभागका महानिर्देशक नवीनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत् उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गीलगायतले ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

उक्त अवसरमा मन्त्री खड्काले विभागले प्रकाशन गरेको ‘विद्युत् प्रवर्द्धन स्मारिका–२०८२’ विमोचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *