घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गर्नुभएको हो । मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उहाँको जोड थियो । संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताउनुभयो । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागु गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उहाँको धारणा छ । अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले...

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।

कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गर्नुभएको हो । मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उहाँको जोड थियो । संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताउनुभयो । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागु गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उहाँको धारणा छ ।

अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले उल्लेख गर्नुभयो । यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने बताउनुभयो । मधेस प्रदेशमा पानी नपरेका कारण धान रोप्न नपाएको उल्लेख गर्दै महामन्त्री थापाले कलको पानी पनि सुक्दा तराईवासी समस्यामा परेको बताउनुभयो । तीनै तहका सरकारले खुला ठाउँ छोड्न नचाहँदा विपद्का बेला समस्या हुने गरेकाले बेलैमा ध्यान दिन उहाँले सचेत गराउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख डा(डिला सङ्ग्रौला र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापाले विपद्सम्बन्धी अन्तरदेशीय सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । विपद्का बेला ६० प्रतिशत क्षति जल उत्पन्न प्रकोपका कारण हुने भएकाले बर्सातमा सचेत हुन पनि उहाँहरुले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *