काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो । आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताउनुभयो । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो । राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताउनुभयो ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो ।

राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *