माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौँ, १९ असार । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित हुनुभएको छ । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेब्यु निर्देशकीय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा हुनुहुन्थ्यो । दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउनुहुन्छ। कात्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथाजस्तो लाग्ने भए पनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताउनुभयो । माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेख्नुभएको हो । दयाहाङबाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताउनुभयो । सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहनुभएका...

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौँ, १९ असार । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित हुनुभएको छ । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेब्यु निर्देशकीय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा हुनुहुन्थ्यो ।

दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउनुहुन्छ। कात्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथाजस्तो लाग्ने भए पनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताउनुभयो ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेख्नुभएको हो । दयाहाङबाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताउनुभयो । सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ ।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहनुभएका उहाँ पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिनुभएको छ । उहाँले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आउनुभएको थियो । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *