सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्वतयारी

खाँदबारी, १४ असार । सङ्खुवासभामा मनसुनजन्य विपद्‌बाट क्षति हुन नदिन पूर्वतयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल उद्धार तथा खोजका लागि आवश्यक पर्ने उपकरण प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेको छ । मनसुनजन्य विपद्को समय आवश्यक पर्ने खाद्यान्न तीन महिनासम्म पुग्नेगरी भण्डारण गरिएको छ । बाढीपहिरो तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको उच्चजोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय भएको छ । बितेका १० वर्षमा १०७ वटा बाढीपहिरोका घटनामा १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन् । जिल्लाका ७६ वडामध्ये ३६ वडा बाढीपहिराका जोखममा छन् ।

सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्वतयारी

खाँदबारी, १४ असार । सङ्खुवासभामा मनसुनजन्य विपद्‌बाट क्षति हुन नदिन पूर्वतयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल उद्धार तथा खोजका लागि आवश्यक पर्ने उपकरण प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेको छ । मनसुनजन्य विपद्को समय आवश्यक पर्ने खाद्यान्न तीन महिनासम्म पुग्नेगरी भण्डारण गरिएको छ ।

बाढीपहिरो तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको उच्चजोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

बितेका १० वर्षमा १०७ वटा बाढीपहिरोका घटनामा १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन् । जिल्लाका ७६ वडामध्ये ३६ वडा बाढीपहिराका जोखममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *