काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाउनुभएको छ ।
शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उहाँले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताउनुभयो ।
उहाँले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसद्मा आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताउनुभयो ।
‘जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसमै अडिन भएर काम गरि रहेका छौँ । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सञ्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन,’ उहाँले भन्नुभयो ।
‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ । यथास्थितिमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन् । तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोसिसमा छौँ,’ उहाँले अगाडि भन्नुभयो, ‘यसैबिचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्या् जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छाँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सञ्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन ।’
‘माग एवम् मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’
कार्यक्रममा रास्वपाकै अर्का सांसद शिशिर खनालले अहिले दुईवटा राजनीतिक दलहरुले गम्भीर विषय उठाउँदा पनि संसद् सञ्चालन गरिएको आपत्ति जनाउनुभयो ।
उहाँले आफूहरुले उठाएका माग एवम् मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दाबी गर्नुभयो । उहाँले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताउनुभया् । उहाँले पार्टीको पाँचयस बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिादै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिनुभयो ।
‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाब पूर्ण यात्रा गरेका छौँ । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगाले प्रस्तुत हुने तयारीमा लागेका छौँ,’ उहाँले भन्नुभयो ।