एयर इन्डियाको विमान दुर्घटनाअघि पाइलटले एटिसीसँग के भनेका थिए ?

एयर इन्डियाको विमान दुर्घटनाअघि पाइलटले एटिसीसँग के भनेका थिए ?

काठमाडौँ, ३१ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनाबारे नयाँ अपडेट आइरहेका छन् ।

यसैबीच विमान दुर्घटनाको अन्तिम समयमा पाइलटले बोलेको कुरा बाहिर आएको छ । विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई पठाएको अन्तिम सन्देश सार्वजनिक भएको हो । ४(५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए “मे डे, मे डे, मे डे…नो पावर, नो थ्रस्ट, गोइङ डाउन” अर्थात् पावर छैन, विमान माथि जाँदै छैन, अब तल जादैछौँ ।

विमान दुर्घटनामा अहिलेसम्म २७५ जनाको निधन भएको छ । जसमा विमानमा यात्रा गरिरहेका २४१ र अन्य ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावादस्थित बिजे मेडिकल कलेजको होस्टेलमा खस्दा होस्टेलमा रहेका डाक्टर र उनीहरुको परिवार हताहत भएका थिए ।

यस दुर्घटनामा विमानमा सवार भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्र सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *