जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौँ, ३१ जेठ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले वातावरण संरक्षणको प्रश्नलाई अत्यन्त महत्त्वपूर्ण लिएर सरकार अगाडि बढिरहेको बताउनुभयो ।

रिसाइकलिङ नहुने पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परेको उहाँले बताउनुभयो । उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई निःशुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजाने बताउनुभयो ।

“यो कुनै देश विशेषको होइन । पृथ्वीको साझा विषय हो । यो विषयमा संसारभर छलफल भइरहेको र वातावरणको पक्षमा योजना बनिरहेका छन्,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “एकातिर विकासको आवश्यकतालाई सम्बोधन गर्नुछ । अर्कोतिर स्वच्छ वातावरणको सुरक्षा गर्नु छ । स्वच्छ वातावरणसहितको विकास प्रत्याभूत गर्नुछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *