राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १०औँ पार्टी स्थापना दिवसको अवसरमा उहाँले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँड गर्नेतिर गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो । यो कुरा हामीले गम्भीरतापूर्वक मनन् गर्नुपर्छ । माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो । सायद नेपालमा जुन राजनीतिक संक्रमण पैदा भयो त्यसले के के कुराहरुको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन बहस हुनुपर्ने थियो त्यतापट्टि प्रवेश नै गरेनौँ । हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने, पद बाँडफाँड गर्नेतिर गयो । यो कुरामा हामी चुकेका हौँ । समय त गइ नै सक्यो, अब त्यसको समाधान हेर्नुपर्छ ।”

सोही कार्यक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले आज भएकै पार्टीहरुले, बनिबनाउ पार्टीहरुले जस्ताको त्यस्तै अवस्थामा रहेमा मुलुकको मुहार नफेरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *