पोखरामा दुई प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरामा दुई प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरा, २८ जेठ । पोखरामा प्याराग्लाइडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भइ फेवा तालको बीच भागमा खसेको थियो ।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङ्गका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङ्गका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *