जनताको विचमा जनमतका राष्ट्रिय सचिव यादव, मलखाद व्यवस्थापन र बिद्युत महसुल निशुल्क गर्न माग

भैहरवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव शनिवार(आज) रुपन्देही क्षेत्र नम्बर४का किसानहरु संग भेटघाट गर्नुभएको छ। जनमत पार्टीबाट सांसदको प्रत्यासी समेत रहनुभएका यादवले आफ्ना क्षेत्रका नागरिकहरुका समस्याहरु बुझ्न र आफ्ने तर्फबाट सक्दो पहल गर्न विगत देखीनै मर्चवारका नागरिकका विचमा पुग्दै आउनुभएको छ ।

शनिवार मर्चवारका विभिन्न पेशा व्यवासय गर्दै आएका बुद्धिजिवी तथा खेती किसान गर्दै आएका स्थानियहरुका विचमा पुगेका नेता यादवले मर्चवारलाई कसरी राम्रो बनाउन सकिन्छ , कस्ता योजनाहरुले बेरोगारीका समस्याहरु समाधानमा गरी रोेजगारी सृजना गर्न सकिन्छ र किसानका विगत देखीका समस्याहरु समाधनका विषयमा अनौपचारिक रुपमा छलफल तथा गुनासाहरु सुन्नुभएको छ ।

मर्चवारका स्थानियहरुले जनमत पार्टीका प्रभावशाली नेता समेत रहनुभएका यादवलाई  मलखादको ठुलो समस्या रहेको गुनासो सुनाए । यस्तै , उनीहरुले नेपालमा मलखादको अभाव रहेको र सिमापारीबाट आएको मलखाद पनि कमसल किसिमको भएपनि महङ्गो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै मलखादकै लागि प्रशासनको डण्डा खानुपर्ने भन्दै दुखेसो सुनाए । उनीहरुले स्थानियहरुले उत्पादन गरेको तरकारी र स– साना ब्यापारीहरुको समान प्रहरीले जफत गरि भन्सार चलान गरी पठाउने गरेको सुनाए ।

किसानका समस्या सुनेपछि नेता यादवले जनमत पार्टीले किसानका समस्या समाधानकाल लािग विगत देखीनै आन्दोलन र संघर्ष गर्दै आएको बताउनुभयो । उहाँले किसानका समस्याहरु सधैका लागि समाधान होस् र किसान वर्ग यो देशको सबैभन्दा माथिल्लो दर्जाको नागरिकको रुपमा आत्मसम्मानका साथ बाच्न पाउने गरी अधिकार स्थापित गर्न आफू सधैभर लागि पर्ने बताउनुभयो । उहाँले मर्चवारको समस्या आफूले विगत देखी भोग्दै र देख्दै आएको बताउँदै अबका दिनमा यस्ता समस्याहरु पुन अन्त्य गर्न आफू हरेक तरिकाले लागि पर्ने बताउनुभयो ।

यस्तै , यादवले मलखालका विषयमा सम्बन्धित निकायको ध्यानाकार्षण गराउने र किसानहरुले प्रयोग गर्ने बिद्धुत महसुस निशुल्कलाई निशुल्क गर्न स्थानिय पालिकाहरुसंग संवन्य र पहल गर्ने समेत बताउनुभयो । उहाँले मर्चवारको समस्या समाधन गर्न आफू जुनसुकै समय पनि तयार रहेको आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *