आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ, १६ जेठ । गृह मन्त्रालयले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ, १६ जेठ । गृह मन्त्रालयले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *