राष्ट्रिय युवा संघको अध्यक्षमा थेबे विजयी

पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी पुरीले ६०८ मत प्राप्त गर्नुभएको छ । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि आजै बिहानदेखि मतदान सुरू भएको थियो । मतदानमा १४०४ मत खसेको थियो ।

राष्ट्रिय युवा संघको अध्यक्षमा थेबे विजयी

पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ ।

पोखरामा सम्पन्न युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी पुरीले ६०८ मत प्राप्त गर्नुभएको छ ।

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि आजै बिहानदेखि मतदान सुरू भएको थियो । मतदानमा १४०४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *