गृहमन्त्रीमाथिको विवाद चुलिँदा एमालेको सचिवालय बैठक आज च्यासलमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहनेहरूसँग रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको हो। मन्त्री लेखकमाथि लागेको आरोपको पृष्ठभूमिमा प्रमुख प्रतिपक्ष एमालेले औपचारिक धारणा बनाउने तयारीसहित बैठक आह्वान गरिएको बुझिएको छ। सत्तारूढ नेपाली कांग्रेसभित्रैबाट समेत मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले लेखकले राजीनामा दिनु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। यस अभिव्यक्तिले सत्ता गठबन्धनभित्रको असमझदारी थप स्पष्ट पारेको छ। एमाले नेताहरूका अनुसार आजको सचिवालय बैठकमा गृहमन्त्रीमाथि उठेका आरोपहरू, समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, राष्ट्रिय सुरक्षा, भ्रष्टाचार विरुद्धको रणनीति, र पार्टीका आगामी कार्यक्रमहरूको समेत समग्र समीक्षा गरिनेछ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहनेहरूसँग रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको हो। मन्त्री लेखकमाथि लागेको आरोपको पृष्ठभूमिमा प्रमुख प्रतिपक्ष एमालेले औपचारिक धारणा बनाउने तयारीसहित बैठक आह्वान गरिएको बुझिएको छ।

सत्तारूढ नेपाली कांग्रेसभित्रैबाट समेत मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले लेखकले राजीनामा दिनु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। यस अभिव्यक्तिले सत्ता गठबन्धनभित्रको असमझदारी थप स्पष्ट पारेको छ।

एमाले नेताहरूका अनुसार आजको सचिवालय बैठकमा गृहमन्त्रीमाथि उठेका आरोपहरू, समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, राष्ट्रिय सुरक्षा, भ्रष्टाचार विरुद्धको रणनीति, र पार्टीका आगामी कार्यक्रमहरूको समेत समग्र समीक्षा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *