नेपालमा एकल परिवार बढ्दो, संयुक्त परिवार घट्दो अवस्थामा छ : ढुण्डीराज लामिछाने [भिडिओ]

सबिता नयाँजू काठमाडौँ, २ जेठ । परिवार भन्नेबित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह भन्ने बुझिन्छ । तर, नेपालमा क्रमशः बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् । अहिले परिवारका मूल व्यक्तिहरु जिविकोपार्जनका लागि विदेश जानेक्रम बढेपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकता अनि समानतामा कमी देखिएको छ । यसै सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवम् प्रवक्ता ढुण्डीराज लामिछानेले परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउन अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्त्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ ।’ उहाँले विकासका क्रममा स्वतन्त्रताको खोजी गर्दै एकल परिवारको परिवेश बन्दै गएको बताउनुभयो...

नेपालमा एकल परिवार बढ्दो, संयुक्त परिवार घट्दो अवस्थामा छ : ढुण्डीराज लामिछाने [भिडिओ]
सबिता नयाँजू

काठमाडौँ, २ जेठ । परिवार भन्नेबित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह भन्ने बुझिन्छ । तर, नेपालमा क्रमशः बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् ।

अहिले परिवारका मूल व्यक्तिहरु जिविकोपार्जनका लागि विदेश जानेक्रम बढेपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकता अनि समानतामा कमी देखिएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवम् प्रवक्ता ढुण्डीराज लामिछानेले परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउन अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्त्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ ।’

उहाँले विकासका क्रममा स्वतन्त्रताको खोजी गर्दै एकल परिवारको परिवेश बन्दै गएको बताउनुभयो । उहाँले अहिले एकल परिवार ५०–६० प्रतिशत रहेको र संयुक्त परिवार ४०–४५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा पुस्ताहरु विदेश जाने प्रवृत्तिले पनि संयुक्त परिवारको अवधारणा घट्दै गइरहेको अवस्था छ । यसको साथै, विकास हुने क्रममा स्वतन्त्रताको खोजी गर्दै पनि एकल परिवारको परिवेश बन्दै गएको हो । आन्तरिक बसाइसराइले पनि यसमा प्रभाव पार्ने गरेको देखिन्छ । अहिले एकल परिवार ५०, ६० प्रतिशतमा छन् भने संयुक्त परिवार ४०, ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’

परिवारलाई हिमाल, पहाड र तराई जस्ता विविधताका कारणपनि असर पर्ने भन्दै तराइका भेगहरुमा भने केही मात्रामा अझै पनि संयुक्त परिवार रहेको र पहाडमा भने कम नै रहेको उहाँको भनाइ छ । उहाँका अनुसार तराइमा बसोबास गर्ने मानिसहरु एक मत, एक भेद भएर बसेका छन् ।

यस्तै, तराईमा दलित, मधेसी र मुस्लिमको धेरै परिवार रहेको भन्दै बाहुन, क्षेत्री र नेवारहरुको परिवारको संख्य अलि कम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

‘यस्तो परिस्थिति बन्दै गएकाले परिवारको सुधार गर्नुपर्ने, जनसंख्या नीतिहरुमा सुधार गर्नुपर्ने र परिवारको विभाजन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने अवस्था छ । त्यसैले भएका नीति सही तरिकाले कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार विकासले नयाँ कुराहरु सिकाउँदै जाने र पूराना कुराहरु छुटाउँदै लैजाने काम गर्छ तर कतिपय देशहरुले भने पूराना कुराहरु समेटेर विकासतर्फ पनि लैजाने गरेको पाइन्छ । विकासको क्रम सँगसँगै संस्कृतिलाई पनि समेटेर लैजाने हो भने समाज उत्कृष्ट समाज बन्नसक्ने उहाँको बुझाइ छ ।

उहाँले धर्म संस्कृतिलाई अझै बढी प्रयोग गर्ने र एक अर्काको धर्म संस्कृतिलाई जोगाएर लैजाने हो भने पछिल्ल्लो पुस्ताले पनि धर्म संस्कृतिलाई स्वीकारेर अगाडि बढ्न सक्ने बताउनुभयो ।

एक अर्काको भाषा संस्कृतिलाई बुझ्ने कोसिस गर्ने हो भने देशको अर्थतन्त्रमा समेत सुधार हुने भन्दै दिगो विकासका लक्ष्य सुधारका निम्ति परिवारको संरचना परिवारभित्रको अनुशासनले पनि सहयोग गर्ने उहाँको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *