सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, १३ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुनः बस्ने निर्णय भएको बताउनुभएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताउनुभयो । यद्यपि, शनिबारको वार्ता भने निष्कर्षविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले उठाएका विषयवस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङ्गो भएन ।’ यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताउनुभयो । ‘हामी औपचारिक छलफल र संवादमा छौँ । निष्कर्षमा पुगेका छैनौँ’, तिवारीले भन्नुभयो, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकाश आउनेछ ।’ उहाँले अहिले नै आन्दोलन स्थगित नहुने तर केही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, १३ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुनः बस्ने निर्णय भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताउनुभयो । यद्यपि, शनिबारको वार्ता भने निष्कर्षविहीन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ हामीले उठाएका विषयवस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङ्गो भएन ।’

यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताउनुभयो ।

‘हामी औपचारिक छलफल र संवादमा छौँ । निष्कर्षमा पुगेका छैनौँ’, तिवारीले भन्नुभयो, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकाश आउनेछ ।’

उहाँले अहिले नै आन्दोलन स्थगित नहुने तर केही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *