शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ, १२ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्नुहुँदै उहाँले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जति पनि शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौँ । त्यसको गुणस्तरीयको विषय अहिलेसम्म केही पनि नियम बनाएका छैनौँ । बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनाइरहेका छौँ । तर, राज्य र विश्वविद्यालयको सम्बन्धमा अझै मौन छौँ ।’ त्यस्तै, उहाँले कयौँ वर्षसम्म पद उन्नति नभएर पीडित भएको उदाहरणहरु सुनाउँदै उहाँले बढुवाको र सुरक्षाको विषय पनि सँगसँगै छलफल गर्नुपर्ने धारणा राख्नुभयो । ‘म आफैँ विश्वविद्यालयबाट आएको हुँ । त्यहाँको पीडा मलाई थाहा छ । कयौँ वर्षसम्म प्रमोसन नभएर पीडित भएर गएका उदाहरणहरु छन् । त्यसैले बढुवाको कुरा पनि गर्नुपर्छ...

काठमाडौँ, १२ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्नुहुँदै उहाँले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ जति पनि शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौँ । त्यसको गुणस्तरीयको विषय अहिलेसम्म केही पनि नियम बनाएका छैनौँ । बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनाइरहेका छौँ । तर, राज्य र विश्वविद्यालयको सम्बन्धमा अझै मौन छौँ ।’

त्यस्तै, उहाँले कयौँ वर्षसम्म पद उन्नति नभएर पीडित भएको उदाहरणहरु सुनाउँदै उहाँले बढुवाको र सुरक्षाको विषय पनि सँगसँगै छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

‘म आफैँ विश्वविद्यालयबाट आएको हुँ । त्यहाँको पीडा मलाई थाहा छ । कयौँ वर्षसम्म प्रमोसन नभएर पीडित भएर गएका उदाहरणहरु छन् । त्यसैले बढुवाको कुरा पनि गर्नुपर्छ । उसको सुरक्षाको कुरा पनि सँगसँगै गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *