सकियो ‘जेरी अन टप’को छायांकन

काठमाडौँ, १२ चैत । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ । फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् । फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौँ, निर्माता सरोज न्यौपानेले भन्नुभयो, ‘उत्कृष्ट फिल्म तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन, गरमाथा बेसक्याम्प, काठमाडौँ, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ ।’ फिल्मका केही दृश्य काठमाडौँमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो । अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रमुख अभिनयमा हुनुहुन्छ । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाउनुभएको छ । बाल कलाकार...

काठमाडौँ, १२ चैत । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ ।

सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ ।

फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् ।

फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौँ, निर्माता सरोज न्यौपानेले भन्नुभयो, ‘उत्कृष्ट फिल्म तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन, गरमाथा बेसक्याम्प, काठमाडौँ, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ ।’ फिल्मका केही दृश्य काठमाडौँमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।

अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रमुख अभिनयमा हुनुहुन्छ । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाउनुभएको छ । बाल कलाकार हुँदै कलाकारितामा प्रवेश गर्नुभएका अनमोलले ‘स्टार’को ट्याग पाइसक्दा अनमोल र भुवनलाई एकसाथ स्कृनमा देख्न आतुर दर्शकलाई यो फिल्म उपयुक्त अवसर बन्नेमा निर्माण टिम विश्वस्त छ ।

कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताउनुभयो । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो ।

हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले तीन करोड बढी एमजी (मिनिमम ग्यारेन्टी)मा ‘जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । यद्यपि, रकम भने दुवै पक्षले खुलाएका छैनन् । न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री हुँदा फिल्मको आधा लगानी ‘कभर’ भइसकेको बताउनुभयो ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताउनुभयो । फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने निर्माण टिमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *