तीन वटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : डा.भट्टराई

काठमाडौँ, ६ चैत । नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो भन्दै हिँड्ने प्रवृत्ति बढेको बताउनुभएको छ । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’ले आफूहरुलाई छोटे राजाजस्तो देखाउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन् । तिनीहरुले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्बाद भयो भनेर हिँड्छन् ।’ साथै, उहाँले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरुको प्रदर्शनलाई कुनै मत्त्वत्व दिन आवश्यक नभएको पनि बताउनुभयो ।...

काठमाडौँ, ६ चैत । नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो भन्दै हिँड्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।

बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’ले आफूहरुलाई छोटे राजाजस्तो देखाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन् । तिनीहरुले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्बाद भयो भनेर हिँड्छन् ।’

साथै, उहाँले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरुको प्रदर्शनलाई कुनै मत्त्वत्व दिन आवश्यक नभएको पनि बताउनुभयो ।

अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *