एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : देउवा

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भए पनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताउनुभएको छ । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो । तर, यो संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ ।’ यसको साथै उहाँले प्राप्त सुझावहरु पार्टीका लागि महत्त्वपूर्ण हुनेभन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राप्त सुझावहरु पार्टीका लागि महत्त्वपूर्ण सामाग्री हुनेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएको छु ।’ महिलाहरुले घरको काम पनि गर्नुपर्ने...

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भए पनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताउनुभएको छ ।

बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो । तर, यो संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ ।’

यसको साथै उहाँले प्राप्त सुझावहरु पार्टीका लागि महत्त्वपूर्ण हुनेभन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राप्त सुझावहरु पार्टीका लागि महत्त्वपूर्ण सामाग्री हुनेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएको छु ।’

महिलाहरुले घरको काम पनि गर्नुपर्ने र राज्यले दिएको जिम्मेवारीअनुसार पनि काम गर्नुपर्ने हुँदा महिलाहरुको शिरमा अझ बढी जिम्मेवारी रहेको भन्दै यो सबै जिम्मेवारी पूरा गर्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *