‘मायावी’को प्रिमियरमा राजेशको प्रतिक्रिया : मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ

काठमाडौँ, १३ फागुन । नेपाली चलचित्र ‘मायावी’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो । प्रिमियरमा सहभागी अभिनेता राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिनुभयो । फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने कथावस्तु नरहेको उहाँले बताउनुभयो । फिल्म समग्रमा नै एकदमै मन छुने कथावस्तुमा आधारित रहेको पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जुन हिसाबको यो चलचित्रको फ्लो छ । सबैको प्रस्तुति एकदम राम्रो छ । यसका सुरुदेखि नै एउटा फ्लोमा गइरहेको छ । सुरुदेखि नै अन्तिमसम्म कतैपनि बोरिङ लाग्ने छैन । दुईचारवटा सिनेमा चल्नेबित्तिकै सबै चलचित्र त्यस्तै चल्नुपर्छ भन्ने छैन । मलाई लाग्छ मायावीले चाहिँ बजार तताउने छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीत–संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् ।’ साथै...

‘मायावी’को प्रिमियरमा राजेशको प्रतिक्रिया : मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ

काठमाडौँ, १३ फागुन । नेपाली चलचित्र ‘मायावी’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो ।

प्रिमियरमा सहभागी अभिनेता राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिनुभयो ।

फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने कथावस्तु नरहेको उहाँले बताउनुभयो । फिल्म समग्रमा नै एकदमै मन छुने कथावस्तुमा आधारित रहेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जुन हिसाबको यो चलचित्रको फ्लो छ । सबैको प्रस्तुति एकदम राम्रो छ । यसका सुरुदेखि नै एउटा फ्लोमा गइरहेको छ । सुरुदेखि नै अन्तिमसम्म कतैपनि बोरिङ लाग्ने छैन । दुईचारवटा सिनेमा चल्नेबित्तिकै सबै चलचित्र त्यस्तै चल्नुपर्छ भन्ने छैन । मलाई लाग्छ मायावीले चाहिँ बजार तताउने छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीत–संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् ।’

साथै उहाँले आफूले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा मायावी फरक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाइएको रहेछ । यो लभ स्टोरी फिल्म विशेष छ ।’

‘मायावी’ को प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, शुशील सिटौला, राजाराम पौडेल, अंश महर्जन, नयाँ अभिनेता समीम खान उपस्थित रहनुभएको थियो भने फिल्मका मुख्य अभिनेता पल शाह भने ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सक्नुभएन ।

निर्देशक ज्ञानेन्द्र देउजा, मिस नेपाल उषा खड्गी, अभिनेत्री सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत प्रिमियरमा पुग्नुभएको थियो ।

फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सहनिर्माता हुनुहुन्छ ।

त्यस्तै, क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुनुहुन्छ । फिल्ममा राजु विक्रम थापाको डिओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्म भोलि (बुधबार)देखि देशभर प्रदर्शनमा आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *