जनकपुरको सुधार केन्द्रमा एक युवकको मृत्यु

जनकपुर, ९ फागुन । जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो । लागुपदार्थ दुर्व्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा राजकुमारको अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको थियो । साँझ फेरि समस्या भएपछि सुधार केन्द्रले राजकुमारलाई प्रादेशिक अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिनुभयो । मृतक राजकुमारको परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन् । यता धनुषा प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ । धनुषा प्रहरीका अनुसार राजकुमारको पोस्टमार्टम बिहीबार भइसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको छ ।

जनकपुरको सुधार केन्द्रमा एक युवकको मृत्यु

जनकपुर, ९ फागुन । जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो ।

लागुपदार्थ दुर्व्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा राजकुमारको अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको थियो । साँझ फेरि समस्या भएपछि सुधार केन्द्रले राजकुमारलाई प्रादेशिक अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिनुभयो ।

मृतक राजकुमारको परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।

यता धनुषा प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ । धनुषा प्रहरीका अनुसार राजकुमारको पोस्टमार्टम बिहीबार भइसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *