जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्नेबाहेक अरु काम भएन : चन्द्र भण्डारी

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास बिष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्यूहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’ साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भइ...

जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्नेबाहेक अरु काम भएन : चन्द्र भण्डारी

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास बिष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्यूहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’

साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *