हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

मुगु, ३ माघ । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्न पर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो । बुधबार रातिदेखि सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो । जिल्ला अस्पताल ठिनी मुगुमा आइसियु कक्षाको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ । जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो । जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेकजाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुनसक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्न पर्ने भएपछि रिफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताउनुभयो । हिमपात भइरहेकै अवस्थामा हेलिकोप्टरमार्फत् उद्धार गरेर अस्पतालमा पुर्‍याउन सकिएकोमा उहाँका श्रीमान्...

हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

मुगु, ३ माघ । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्न पर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

बुधबार रातिदेखि सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

जिल्ला अस्पताल ठिनी मुगुमा आइसियु कक्षाको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ ।

जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो ।

जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेकजाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुनसक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्न पर्ने भएपछि रिफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताउनुभयो ।

हिमपात भइरहेकै अवस्थामा हेलिकोप्टरमार्फत् उद्धार गरेर अस्पतालमा पुर्‍याउन सकिएकोमा उहाँका श्रीमान् ३० वर्षीय राजबहादुर खड्का अब श्रीमतीको उपचार राम्रो हुने भयो भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *