घिउकुमारीको ७ वटा फाइदा र प्रयोग बिधि ?

एलोभेरा सौन्दर्य प्रशाधन एवं स्वास्थ्यको क्षेत्रमा परिचित नाम हो । यो क्याक्टस प्रजातिको एक बिरुवा हो, जो गर्मी एवं सुक्खा जलवायुमा उब्जाउ हुन्छ । यो व्यापक रूपमा टेक्सास, न्यू मेक्सिको, एरिजोना र क्यालिफोर्नियाको दक्षिणी सीमा क्षेत्रहरुमा खेती गरिन्छ । यो वर्षौंको लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिँदै आएको हो । एलोभेरा जेलले हामीलाई घामबाट बच्न र घाउ निको पार्न मद्दत गर्छ । यसका लाभहरुको बारेमा तल उल्लेख गरिएको छ । घिउकुमारीको लाभ तेल बिना नै यसको कोमल जेलको प्रयोगले एउटा नाइट क्रिम बनाउन सकिन्छ । घामको हानिकारक किरणबाट बच्नको लागि घिउकुमारीको जेलको प्रयोग गर्न सक्नुहुन्छ । जसले कपाल झर्ने समस्यालाई रोक्न सक्छ । यही कारणले यसलाई चामत्कारिक वृक्ष पनि भन्ने गरिन्छ । दैनिक जीवनमा यसको प्रयोग गर्दा हामीलाई निम्न फाइदा हुन सक्छ । –मधुमेह नियन्त्रण गर्न –मुटुको जलनबाट मुक्ति –मुख सफा राख्न –कब्जियतको समस्या समाधान –पोषक तत्वबाट मुक्ति मधुमेह नियन्त्रण दैनिक दुई चम्चा एलोभेरा जुसको सेवनले रगतमा चिनीको मात्रा घटाउन...

एलोभेरा सौन्दर्य प्रशाधन एवं स्वास्थ्यको क्षेत्रमा परिचित नाम हो । यो क्याक्टस प्रजातिको एक बिरुवा हो, जो गर्मी एवं सुक्खा जलवायुमा उब्जाउ हुन्छ । यो व्यापक रूपमा टेक्सास, न्यू मेक्सिको, एरिजोना र क्यालिफोर्नियाको दक्षिणी सीमा क्षेत्रहरुमा खेती गरिन्छ । यो वर्षौंको लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिँदै आएको हो । एलोभेरा जेलले हामीलाई घामबाट बच्न र घाउ निको पार्न मद्दत गर्छ । यसका लाभहरुको बारेमा तल उल्लेख गरिएको छ ।

घिउकुमारीको लाभ

तेल बिना नै यसको कोमल जेलको प्रयोगले एउटा नाइट क्रिम बनाउन सकिन्छ । घामको हानिकारक किरणबाट बच्नको लागि घिउकुमारीको जेलको प्रयोग गर्न सक्नुहुन्छ । जसले कपाल झर्ने समस्यालाई रोक्न सक्छ । यही कारणले यसलाई चामत्कारिक वृक्ष पनि भन्ने गरिन्छ । दैनिक जीवनमा यसको प्रयोग गर्दा हामीलाई निम्न फाइदा हुन सक्छ ।

–मधुमेह नियन्त्रण गर्न

–मुटुको जलनबाट मुक्ति

–मुख सफा राख्न

–कब्जियतको समस्या समाधान

–पोषक तत्वबाट मुक्ति

मधुमेह नियन्त्रण

दैनिक दुई चम्चा एलोभेरा जुसको सेवनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ । यसलाई कुनै जुस वा पानीसँग पनि सेवन गर्न सक्नुहुन्छ । तर घिउकुमारी सेवन गर्ने जुस ताजा फलबाट तयार पारेको हुनुपर्छ ।

मुटुको जलनबाट मुक्ति

ग्यास्ट्रोसफोजिएल रिफ्लक्स डिजिज एक पाचनसँग सम्बन्धित समस्या हो । जसको कारणले मुटुमा धेरै जलन हुन सक्छ । सन् २०१० मा एक अध्ययनमा यो सुझाव दिइएको थियो कि अक्सर बारम्बार यस्तो समस्या भइरहेको छ भने करिब आधा आधार घण्टा पहिले १ देखि ३ मात्रा एलोभेरा जुसको सेवान गर्नुहोस् । यसबाट जीईआरडीको समस्याबाट राहत पाउनको लागि मद्धत पुग्छ ।

माउथवास

२०१४ मा इथोपियन जर्नल अफ हेल्थ साइन्समा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने बजारमा पाइने केमिकल युक्त माउथवासको साँटो घिउकुमारी सबैभन्दा प्रभावकारी विकल्प हो ।

कब्जियतबाट राहत पाउन

घिउकुमारीमा ल्याक्जेटिभ गुण पाइन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ । जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ । यदि तपाईंलाई बारम्बार कब्जियतको समस्या छ भने दैनिक दुई चम्चा एलोवेराको रस सेवन गर्नुहोस्, यसले पाचन प्रणालीमा सुधार गर्छ । तपाईं घरमै पनि ताजा एलोवेराको पातहरुबाट रस बनाउन सक्नुहुन्छ ।

कलेजोको कार्य

तपाईंको समग्र स्वास्थ्यको आधार तपाईंको कलेजोको कार्यमा आधारित हुन्छ । घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ ।

छाला र कपालको हेरचाह

घिउकुमारी जेल छाला सफा र कपालको सुरक्षाको लागि प्रभावकारी हुन्छ । ९६ प्रतिशत पानी र एमिनो एसिड्सबाट भरपपुर यस पारदर्शी जेलमा बिटामिन ए, बी, सी र ई हुन्छ । जसले कपालको लागि आवश्यक पोषण प्रदान गर्छ । यसरी एलोभेराले कपाल झर्न कम हुन्छ र कपाल बढ्छ ।

निष्कर्ष

एलोभेरा जुस पोषक तत्वले युक्त हुन्छ । यसमा भिटामिन बी, सी, ई र फोलिक एसिड जस्ता महत्वपूर्ण भिटामिन र खनिजहरु पाइन्छ । यो तपाईंको आहारमा समावेश गरेर पोषक तत्वहरुको कमी पूरा गर्न सक्नुहुन्छ । एलोभेराको उचित मात्रामा उपभोग गर्नाले तपाईंलाई स्वस्थ बनाउन मद्धत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *