के तपाई नियमित मासु खानुहुन्छ ? त्यसो भए …

खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध । त्यसैगरी वर्षदिनभरी परम्पराका रुपमा मनाईने चाडपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना भोज वा पर्व नै आएजस्तो नलाग्ने बानी परिसकेको छ हाम्रो समाजमा । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ । यसबारेमा अमेरिकी मेडिकल जर्नल बि।एम।जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा के।जी।खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ...

खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध ।

त्यसैगरी वर्षदिनभरी परम्पराका रुपमा मनाईने चाडपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना भोज वा पर्व नै आएजस्तो नलाग्ने बानी परिसकेको छ हाम्रो समाजमा । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ ।

यसबारेमा अमेरिकी मेडिकल जर्नल बि।एम।जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा के।जी।खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा। फ्रान्क हु भन्छन्,“हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।”

पोषण सम्बन्धि खोज
अध्ययनकर्ताले ५३ हजार ५५४ व्यक्तिमा अनुसन्धान गरेको दावी गरेका छन् । मानिसलाई हस्पिटलका नर्सहरुले रातो मासु खाने गरेको, नगरेको प्रश्न बनाएर ४ वर्षसम्म लगातार सोधेका थिए । प्रशोधन पछि डाटाहरुलाई रेकर्ड गरिएको थियो ।

अनुसन्धानकर्ताले रातो मासु कम खाने र अन्न, तरकारी र प्रोटिनयुक्त खानेकुरा बढि खाने मानिसमा अल्पायुमा मृत्युको असर कम हुने निश्कर्ष निकालेका थिए ।

डा।फ्रान्क हु भन्छन्,“रातो मासुको कम प्रयोग, प्रोटिन धेरै पाउने खानेकुरा, विरुवा जन्य खानेकुराले मुटुका विरामी र अरु प्रकारका मृत्यु दर घटाउँछ ।”

एरिजोना मायो क्लिनिकका डा। हिदर फिल्डस् भन्छन्,“अध्ययन महत्वपूर्ण छ ।” उनी भन्छिन्,“असरको बारेमा थाहा पाएर धेरै जनाले रातो मासु र प्रशोधित मासु खान छोडेका छन् । हामी लामो असर भएका रोगको उपचारको लागि खानेकुरा बदल्नु पर्छ । खानाको स्वादको लागि मात्र रुचाइनु राम्रो कुरा होइन त्यहाँ भएको पोषण नहेरीनु पनि बेठीक कुरा हो । ”

के हो त रेड मीट
साउथर्न क्यालिफोर्नियाका जैविक विज्ञानका प्रोफेसर भालटर लङ्गो भन्छन,“रातो मासुका कारण आयु घट्नु एकदम नै दुखद कुरा हो । अमेरिकनहरु रातो मासु बढि प्रयोग गर्छन् । यसमा भएको प्रोटिन त कारक नै होला । (एजेन्सीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *