गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?

सम्भोगको क्रममा पुरुषले कन्डम प्रयोग गर्नु वा सम्भोगपछि महिलाले आकस्मिक चक्कीको प्रयोग गर्नु कुन उपयुक्त हुन्छ ? भन्ने प्रश्न अधिकांश यौनजोडीले सोध्ने साझा प्रश्नमध्ये यो पनि एक हो । यो जिज्ञासा धेरैमा भएको पाइन्छ । त्यसैले, आज यहाँ हामी यी दुई गर्भनिरोधक साधनबारे चर्चा गर्दैछौ । जसको माध्यमबाट तपाई आफ्नो लागि कुन साधन बढी उपयोगी छ ? भन्ने सजिलै छुट्याउन सक्नुहुनेछ । चक्की (पिल्स)का फाइदा तथा बेफाइदा गर्भ निरोधकका रुपमा प्रयोग गर्ने चक्की थुप्रै पक्षहरु रहेका छन् । जसबारे यसको प्रयोगअघि तपाईले जान्नु आवश्यक रहेको छ । सुरक्षित – यसका विशेषता भनेको अधिकांश स्वस्थ महिलाको निम्ति यो एक सुरक्षित विकल्प हो । यसको नियमित प्रयोगका कारण महिलामा गर्भ बस्ने कुनै रहदैन । प्रभावकारीता – निश्चित समयमा प्रयोग गर्नुपर्ने यस चक्कीको प्रभावकारिता बारे कुरा गर्ने हो भने यो ९७.७ प्रतिशतसम्म प्रभावकारी रहन्छ । अन्य उपयोगी – यसबाहेक तपाईको उमेर, स्वास्थ्य, जीवनशैली एवम् समस्यालाई ध्यानमा राख्दै चिकित्सकले यस्ता औषधीको सुझाव समेत दिने...

सम्भोगको क्रममा पुरुषले कन्डम प्रयोग गर्नु वा सम्भोगपछि महिलाले आकस्मिक चक्कीको प्रयोग गर्नु कुन उपयुक्त हुन्छ ? भन्ने प्रश्न अधिकांश यौनजोडीले सोध्ने साझा प्रश्नमध्ये यो पनि एक हो ।

यो जिज्ञासा धेरैमा भएको पाइन्छ । त्यसैले, आज यहाँ हामी यी दुई गर्भनिरोधक साधनबारे चर्चा गर्दैछौ । जसको माध्यमबाट तपाई आफ्नो लागि कुन साधन बढी उपयोगी छ ? भन्ने सजिलै छुट्याउन सक्नुहुनेछ ।

चक्की (पिल्स)का फाइदा तथा बेफाइदा

गर्भ निरोधकका रुपमा प्रयोग गर्ने चक्की थुप्रै पक्षहरु रहेका छन् । जसबारे यसको प्रयोगअघि तपाईले जान्नु आवश्यक रहेको छ ।

सुरक्षित – यसका विशेषता भनेको अधिकांश स्वस्थ महिलाको निम्ति यो एक सुरक्षित विकल्प हो । यसको नियमित प्रयोगका कारण महिलामा गर्भ बस्ने कुनै रहदैन ।

प्रभावकारीता – निश्चित समयमा प्रयोग गर्नुपर्ने यस चक्कीको प्रभावकारिता बारे कुरा गर्ने हो भने यो ९७.७ प्रतिशतसम्म प्रभावकारी रहन्छ ।

अन्य उपयोगी – यसबाहेक तपाईको उमेर, स्वास्थ्य, जीवनशैली एवम् समस्यालाई ध्यानमा राख्दै चिकित्सकले यस्ता औषधीको सुझाव समेत दिने गर्दछ । तसर्थ, यसलाई चिकित्सकको सल्लाह अनुरुप महिलामा देखिने विशेष किसिमका समस्या कम गर्नको निम्ति पनि उपयोगी मानिन्छ ।

यसका बेफाइदा
दैनिक प्रयोगमा झन्झट ।
साइड इफेक्टको सम्भावना ।

तौल बढ्ने र यौनइच्छामा कमी आउन सक्ने ।
यसले यौन संक्रमणबाट बचाउँदैन ।
कन्डमका फाइदा

सुरक्षित – सुरक्षाको हिसाबले हेर्ने हो भने विश्वभर नै गर्भनिरोधक साधनको रुपमा प्रयोग गरिने कन्डम प्रायजसोः सबै जोडिले प्रयोग गर्न सकिने सरल एवम् उत्तम उपाय हो ।

प्रभावकारिता – उचित रुपमा गरिएको यसको प्रयोग ९८ प्रतिशतसम्म प्रभावकारी रहन्छ । यसका साथै सम्भोगको क्रममा गरिएको यसको प्रयोगले व्यक्तिलाई एचआइभि, यौन संक्रमणजस्ता विविध यौन रोगबाट समेत बचाउँछ ।

यसका बेफाइदा

केहिका निम्ति अहसज महशुस हुनसक्ने ।
कम संवेदनशिल रहन सक्ने ।
केहि केशहरुमा केहि जोडीले कन्डम फुट्ने समस्याको सामना समेत गर्नुपरेको छ । जसले यसका सबै विशेषतालाई समेत ओझेलमा पारिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *