बच्चालाई अण्डा कति खुवाउने ?

विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ । गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हुदैन । बिहानको ब्रेकफास्टमा एउटा अण्डा समावेश गर्नाले सन्तुष्टि मिल्छ र छिटो भोक लाग्दैन, फलस्वरूप यसले शरीरको तौल सन्तुलनमा राख्न पनि सघाउछ । अण्डा प्रोटीन र भिटामिनहरुको राम्रो श्रोत हो तर यसमा कोलेस्ट्रोल पनी हुन्छ जुन स्वस्थ मुटुका लागी राम्रो मानिदैन। यउटा अण्डामा १५० मिलिग्राम कोलेस्ट्रोल हुन्छ र हाम्रो दैनिक खानामा ३०० मिलिग्राम भन्दा बढी कोलेस्ट्रोल हुनुहुदैन। ठोस खानेकुरा शुरूगरे संगै बच्चालाई हफ्ताको ३ देखि ४ पटक आधा अण्डा खुवाउन सकिन्छ। बच्चाले वयस्क सरह खानेकुरा खान थालेपछी (१ वर्ष पूरा भएपछी) दिनको १ वटा सम्म अण्डालाई संतुलित आहारको भाग बनाउन सकिन्छ। सेतो भागमा प्रोटीन...

विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ ।

गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ ।

यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हुदैन । बिहानको ब्रेकफास्टमा एउटा अण्डा समावेश गर्नाले सन्तुष्टि मिल्छ र छिटो भोक लाग्दैन, फलस्वरूप यसले शरीरको तौल सन्तुलनमा राख्न पनि सघाउछ ।

अण्डा प्रोटीन र भिटामिनहरुको राम्रो श्रोत हो तर यसमा कोलेस्ट्रोल पनी हुन्छ जुन स्वस्थ मुटुका लागी राम्रो मानिदैन। यउटा अण्डामा १५० मिलिग्राम कोलेस्ट्रोल हुन्छ र हाम्रो दैनिक खानामा ३०० मिलिग्राम भन्दा बढी कोलेस्ट्रोल हुनुहुदैन। ठोस खानेकुरा शुरूगरे संगै बच्चालाई हफ्ताको ३ देखि ४ पटक आधा अण्डा खुवाउन सकिन्छ।

बच्चाले वयस्क सरह खानेकुरा खान थालेपछी (१ वर्ष पूरा भएपछी) दिनको १ वटा सम्म अण्डालाई संतुलित आहारको भाग बनाउन सकिन्छ। सेतो भागमा प्रोटीन मात्र हुन्छ भने पहेलो भागमा भिटामिन र खनिज तत्व हुन्छ त्यसैले दुबै भाग खुवाउनुपर्छ।

अण्डामा भिटामिन र लवण (मिनरल) भरिपूर्ण मात्रामा पाइन्छ । यसलाई ‘प्राकृतिक मल्टिभिटामिन’ पनि भनिन्छ । यसमा भिटामिन–सी बाहेकका अन्य हामीलाई चाहिने सबै किसिमका भिटामिन पाइन्छन् । यो कुनै पनि वनस्पतिजन्य खाद्यवस्तुमा नपाइने भिटामिन बी–१२ को पनि राम्रो स्रोत हो । अण्डालाई लवणहरू खासगरी हड्डी बन्न चाहिने क्याल्सियम र फोस्फोरस एवं आइरन, जिन्क, सेलेनियम आदिको असल स्रोतको रूपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *