सन् २०२४ भर यी राशिलाई हुनेछ अशुभ, वर्षभर मिल्नसक्छ दुखै-दुख !

सन् २०२४ सुरु भइसकेको छ। यस वर्षको सुरुमा पिंगला नामको संवत्सर हुनेछ र त्यसपछि कालयुक्त नामको संवत्सर प्रवेश गर्नेछ। मंगल ग्रह कालयुक्त नामको वर्षको राजा र शनि प्रधानमन्त्री रहनेछन्।यस वर्ष ग्रह र नक्षत्रको संक्रमणका कारण मेष, वृष र कुम्भ राशिका मानिसहरुको भाग्य चम्किने विश्वास छ तर यस्ता ४ राशी रहेका छन् जसमा सावधानी अपनाउनु पर्ने देखिन्छ । कर्कट राशि : सन् २०२४ मा कर्कट राशिका मानिसहरुले शनिको प्रभाव र यसको उल्टो गतिबाट टाढै रहनु पर्नेछ । परिवारमा मनमुटाव बढ्ने, खर्च बढ्ने तथा जागिरमा तनाव बढ्ने सम्भावना रहेको छ । सहकर्मीसँग मनमुटाव हुन सक्छ । यदि तपाईं व्यवसायी हुनुहुन्छ भने सोचविचार गरेर लगानी गर्नुहोस् । सिंहः यो वर्ष २०२४ तपाईका लागि अनुकूल रहने छैन । यो तपाईंको भोजन र आचरणमा निर्भर गर्दछ र शनि र राहुले तपाईंलाई कसरी प्रभाव पार्छ। हाम्रो सल्लाह के हो भने तपाईले आफ्नो रिसलाई नियन्त्रणमा राख्दै उत्तम सात्विक आहार अपनाउनुहोस्, अन्यथा तपाई कुनै ठूलो समस्यामा फस्नुहुनेछ ।...

सन् २०२४ भर यी राशिलाई हुनेछ अशुभ, वर्षभर मिल्नसक्छ दुखै-दुख !

सन् २०२४ सुरु भइसकेको छ। यस वर्षको सुरुमा पिंगला नामको संवत्सर हुनेछ र त्यसपछि कालयुक्त नामको संवत्सर प्रवेश गर्नेछ। मंगल ग्रह कालयुक्त नामको वर्षको राजा र शनि प्रधानमन्त्री रहनेछन्।यस वर्ष ग्रह र नक्षत्रको संक्रमणका कारण मेष, वृष र कुम्भ राशिका मानिसहरुको भाग्य चम्किने विश्वास छ तर यस्ता ४ राशी रहेका छन् जसमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि : सन् २०२४ मा कर्कट राशिका मानिसहरुले शनिको प्रभाव र यसको उल्टो गतिबाट टाढै रहनु पर्नेछ । परिवारमा मनमुटाव बढ्ने, खर्च बढ्ने तथा जागिरमा तनाव बढ्ने सम्भावना रहेको छ । सहकर्मीसँग मनमुटाव हुन सक्छ । यदि तपाईं व्यवसायी हुनुहुन्छ भने सोचविचार गरेर लगानी गर्नुहोस् ।

सिंहः यो वर्ष २०२४ तपाईका लागि अनुकूल रहने छैन । यो तपाईंको भोजन र आचरणमा निर्भर गर्दछ र शनि र राहुले तपाईंलाई कसरी प्रभाव पार्छ। हाम्रो सल्लाह के हो भने तपाईले आफ्नो रिसलाई नियन्त्रणमा राख्दै उत्तम सात्विक आहार अपनाउनुहोस्, अन्यथा तपाई कुनै ठूलो समस्यामा फस्नुहुनेछ । यो वर्ष जागिरको हिसाबले सही छ, तर अन्य कुनै पनि क्षेत्रमा सफलताको ग्यारेन्टी छैन ।

कन्या : कन्या राशिका लागि यो वर्ष चुनौतीपूर्ण रहनेछ किनभने तपाईमाथि धेरै प्रकारका जिम्मेवारीहरु बढ्नेछन् तर यदि तपाईले आफ्नो आचरणलाई सही राख्न सक्नुभएन भने समस्याको लागि तयार रहनुहोला । सम्बन्ध, स्वास्थ्य र करियरमा क्षति पुग्न सक्छ ।

धनु : यो वर्ष तपाईका लागि चुनौतीपूर्ण हुन सक्छ, तर यदि तपाईले बृहस्पतिको उपचार लिनुभयो भने तपाई यसबाट बच्नुहुनेछ । काममा होसियार हुन आवश्यक छ । सम्बन्ध र स्वास्थ्यलाई जोगाउनु धेरै महत्त्वपूर्ण छ, किनकि तपाईंको रिस र खानाले यसलाई बिगार्न सक्दो प्रयास गर्नेछ।