कब्जियत किन हुन्छ ? कब्जियतकै कारण हुनसक्छ पायल्स

अस्वस्थ पाचन, शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् । कब्जियत यस्तो समस्या हो, जसले बिरामीको पेट राम्ररी सफा नहुनुका साथै शौच गर्दा धेरै समस्या हुन्छ । त्यसै कारण बिरामीले धेरै पटक शौच गर्न जानुपर्ने हुन्छ । ठीक ढंगले पेट सफा नहुनु, शौचमा समस्या हुनु, दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु, पेटमा दुखाइ अनुभव हुनु कब्जियतका मुख्य लक्षण हुन् । कब्जियत किन हुन्छ ? अस्वस्थ्यकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निष्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेहरुलाई कब्जियत हुनसक्छ । साथै, केही औषधिको सेवनले पनि कब्जियतको जोखिम हुन्छ । मैदाबाट बनेका, चिल्लो, तारे–भुटेका, पीरो, बढी मरमसला, गरम मसला, खुर्सानी खानाले पनि कब्जियत हुनसक्छ । माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थको बढी सेवनले पनि कब्जियत हुने सम्भावना हुन्छ । जंक फुड, फास्ट फुड, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ धेरै खाँदा चुरोट, खैनी, जाड, रक्सी जस्ता नसाजन्य पदार्थ खानाले पनि कब्जियतको...

अस्वस्थ पाचन, शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् ।

कब्जियत यस्तो समस्या हो, जसले बिरामीको पेट राम्ररी सफा नहुनुका साथै शौच गर्दा धेरै समस्या हुन्छ । त्यसै कारण बिरामीले धेरै पटक शौच गर्न जानुपर्ने हुन्छ ।

ठीक ढंगले पेट सफा नहुनु, शौचमा समस्या हुनु, दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु, पेटमा दुखाइ अनुभव हुनु कब्जियतका मुख्य लक्षण हुन् ।

कब्जियत किन हुन्छ ?

अस्वस्थ्यकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निष्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेहरुलाई कब्जियत हुनसक्छ । साथै, केही औषधिको सेवनले पनि कब्जियतको जोखिम हुन्छ ।

मैदाबाट बनेका, चिल्लो, तारे–भुटेका, पीरो, बढी मरमसला, गरम मसला, खुर्सानी खानाले पनि कब्जियत हुनसक्छ । माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थको बढी सेवनले पनि कब्जियत हुने सम्भावना हुन्छ ।

जंक फुड, फास्ट फुड, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ धेरै खाँदा चुरोट, खैनी, जाड, रक्सी जस्ता नसाजन्य पदार्थ खानाले पनि कब्जियतको जोखिम हुन्छ ।

आन्द्रामा ट्युमर पलायो र केही कारणले आन्द्रामा अवरोध भयो भने पनि कब्जियत हुन सक्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्नुहुँदैन । लामो समय दिसा पिसाब रोकेर राख्दा पनि कब्जियत हुनसक्छ ।

कब्जियत भएमा त्यसले कस्तो समस्या ल्याउँछ ?

लामो समय कब्जियत भइरह्यो भने वा पटकपटक कब्जियत भयो भने पछि पायल्सको समस्या हुनसक्छ । कब्जियत बारम्बार भइरह्यो भने मलद्वार सम्बन्धी समस्या पायल्स, फिसर फिस्टुला र ठूलो आन्द्रामा समेत समस्या हुन्छ । कब्जियतकै कारण थाइराइड, सुगर र उच्च रक्तचापको लेबल पनि बढ्न सक्छ ।

बच्ने उपाय

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन बिताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन सेवन गर्नुपर्छ ।

कब्जियतको जोखिमबाट बच्न मैदाबाट बनेका खानेकुरा, चिल्लो, पीरो, तारेको, भुटेको र मसालेदार खानाको सेवन कम गर्नुपर्छ ।

जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थको सेवन कम गर्ने र चुरोट, खैनी, जाड, रक्सी सेवन गर्नुहुँदैन । चोकरयुक्त खाना खाने, हरियो सागपात र फलफूल दैनिक रुपमा खाने र दैनिक तीन लिटर पानी पिउने बानीले कब्जियतको समस्या हुनबाट बचाउँछ ।

प्राकृतिक उपचार विधि

कब्जियतको प्राकृतिक उपचार विधि भनेको खानपान र जीवनशैली सुधार्ने नै हो । कब्जियतको समस्या कम गर्न एक दिनमा करिब ३–४ लिटर पानीको सेवन गर्ने बानी बसाल्नुपर्छ । खाना खानुभन्दा आधा घण्टाअघि वा पछि मात्र पानी पिउने बानी बसाल्नुपर्छ ।

प्रशस्त मात्रामा रेसायुक्त खानेकुराको सेवनले पनि कब्जियतबाट छुटकारा पाउन सकिन्छ । हरियो सागपात, फलफूल र सलादमा प्रशस्त मात्रामा फाइबर हुन्छ । त्यसैले दैनिक यस्ता खानेकुराको सेवन गर्नुपर्छ ।

चोकरयुक्त खानेकुराको सेवन र खानापछि सलादको सेवन गर्दा पनि कब्जियतको समस्या कम हुन्छ । दैनिक शारीरिक व्यायाम गर्दा पनि कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यी घरेलु उपाय अपनाउँदा पनि समस्या कम भएन भने चिकित्सकको सल्लाह लिएर दिसा खुलाउने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *