
शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो मुटु । यहि मुटुलाई स्वस्थ्य राख्नका लागि खानपानदेखि हरेक कुरामा ध्यान दिनुपर्छ । पछिल्लो समय धेरै मानिसहरु भागदौड बढी हुनेहुँदा खानपानमा विशेष ध्यान दिँदैनन् । तर, खान–पानमा ध्यान पुर्याउन सकिएन भने शरीरमा विभिन्न समस्याहरु देखापर्न सक्छन् ।
के खाने त मुटु स्वस्थ्य राख्नका लागि ?
ताजा जुश-बिहानको खाना वा दिउँसोका नास्तामा समय अनुसारका फलको जुश प्रयोग गर्नुहोस् । बिहानको नास्तामा सुन्तलाको जुश अत्यन्तै फाइदाजनक हुने स्वास्थ्यविज्ञ बताउँछन् । विज्ञका अनुसार सुन्तलाको जुशमा हुने फोलिक एसिडले हृदयघात हुने खतरा समेत रोक्न सक्छ । साथै अंगुरको जुश पनि फाइदाजनक हुन्छ ।
थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा
बदाम र ओखर– बदाम र ओखर पनि मुटुका लागि फाइदाजनक हुन्छ ।
ग्रीन टि–ग्रीन टि पिउनु मुटुको लागि फाइदाजनक मानिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले कोलेष्ट्रोल र ब्लडप्रेशर कमगर्न सहयोग गर्दछ ।
हरियो तरकारी–त्यसैगरी फलफूल र हरियो तरकारीको सेवन पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
माछा– स्वास्थ्य विज्ञका अनुसार माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले हृदयघात हुने खतरा ५० प्रतिशत कम गर्दछ ।
लसुन–खानामा लसुन प्रयोग गर्न नभुल्नुहोला । लसुनले आर्टरीज ब्लकेज बचतभचथ दयिअपभम को खतरा रोक्न सहयोग गर्दछ ।