सन नेपाल लाइफको आइपीओ बाँडफाँट कहिँले ? यस्तो छ बिक्री प्रबन्धक क्यापिटलको जबाफ !

सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओ शुक्रबार अर्थात भदौ १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार शुक्रबार बिहान ८ बजे बाँडफाँट गर्ने जनाएको हो ।

आइपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । ती आवेदकहरूबाट ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ रकम सङ्कलन भएको छ ।

कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ७ लाख ६८ हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *