च्याङथापूका २६ घर उच्च जोखिममा
पाँचथर, १४ जेठ । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित...
जलजलामा ‘गोठस्टे’ सञ्चालन
सन्तोष गौतम म्याग्दी, १४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला र...
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
काठमाडौँ, १४ जेठ । नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका...
वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट
निरज थकाली जोमसोम, १४ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र बृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ । इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका...
नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश
काठमाडौँ, १४ जेठ । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो...
गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छ : प्रमुख सचेतक दुलाल
काठमाडौँ, १४ जेठ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष सहभागी मध्ये एक हुनुहुन्छ–युवराज दुलाल । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित दुलाल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । देशभर विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस...
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर वितरण
भोजपुर, १४ जेठ । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५०...
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
पर्सा, १४ जेठ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड रूपैयाँ अर्थात १६...
सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी, १४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । देशका दुई पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट २०८१ साउन ९ गते लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री आचार्यले सुरूदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता...