बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन
खोटाङ, १६ चैत । बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् । बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग...
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो ।...
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवेदनमा आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र...
परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए
पर्वत, १६ चैत । पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो । आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो...
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
काठमाडौँ, १६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदै छ । उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ । ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने छ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको...
मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती
मुस्ताङ, १६ चैत । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटकरपटक अलपत्र परेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास...
मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौँ, १६ चैत । नेपाल सरकार, मन्त्रीपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभएको छ । यही चैत १३ गते गठित बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सोही दिन बसेको थियो...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
इनरुवा, १६ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर...
एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरू गर्दैछ : डा.दाहाल
काठमाडौँ, १६ चैत । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरू भइसकेको जानकारहरू बताउँछन् । एआईको विस्तारसँगै यसको उपयोग र प्रभावबारे चासो बढिरहेका बेला सूचना प्रविधि र एआईको क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा काम गर्दै आउनुभएका...