लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
TNV News Update

लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौँ, २६ चैत । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो । यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक,...
हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै
TNV News Update

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौँ, २६ चैत । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी)मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको...
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
TNV News Update

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

काठमाडौँ, २६ चैत । बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सिर्जन नेम्बाङको मृत्यु भएको हो । नेम्बाङ दाजुभाइको...
विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’, दुर्घटनापछिको उद्धार प्रणालीको परीक्षण
TNV News Update

विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’, दुर्घटनापछिको उद्धार प्रणालीको परीक्षण

विराटनगर, २६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ । अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो । परिकल्पनाअनुसार...
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
TNV News Update

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ, २६ चैत । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो...
काङ्ग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ : सभापति थापा
TNV News Update

काङ्ग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ : सभापति थापा

धनुषा, २६ चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित काङ्ग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने र कम सङ्ख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा सङ्गठन सुदृढ...
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाइ हुन्छ : शिक्षामन्त्री पोखरेल
TNV News Update

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाइ हुन्छ : शिक्षामन्त्री पोखरेल

सुदूरपश्चिम,२५ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाइ सुरू गर्ने तयारी गरिएको बताउनुभएको छ । विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आगामी शैक्षिक शत्रदेखि पढाई सुरू गरिनुपर्छ भन्नेमा सरकार लागेको...
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न
TNV News Update

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न

काठमाडौँ, २५ चैत । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवम् कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकामा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ...
ठुला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ
TNV News Update

ठुला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठुला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताउनुभएको छ । ७३औँ सिँचाइ दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताउनुभएको हो । मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनःखरिद प्रक्रिया...