शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक
जुम्ला, २९ चैत । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो...
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई
दाङ, २८ चैत । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अङ्कले पाल्पालाई...
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २९ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरू भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उहाँले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको...
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : प्रचण्ड
काठमाडौँ, २८ चैत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा उहाँले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो । “संविधानभित्र...
छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण
मुस्ताङ, २८ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा ६८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर हाइअल्टिच्युडका कारण लेँक लागेर बिरामी भएका ६८४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ । समुन्द्री...
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
नेपालगञ्ज, २८ चैत । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा...
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
खाँदबारी, २८ चैत । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो भएको दुर्घटनामा घाइते भएका तीन जनामध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका...
जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबिबिएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि...
कानुन निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल
काठमाडौँ, २८ चैत । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा गरिने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित लायन्स क्लबको ४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा धेरै क्षेत्रमा कानुनहरू बनाउन र संशोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र...