दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन…
रमेश गिरी भक्तपुर, २ वैशाख । आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर, मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो । बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २...
महिला क्रिकेट टोली रुवान्डातर्फ
काठमाडौँ, २ वैशाख । नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसिसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाई गरेको छ । यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल,...
नेता खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
काठमाडौँ, २ वैशाख । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त अनुसन्धान फाइल झिकाउने...
मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका
खाँदबारी, २ वैशाख । सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ । चिचिलाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरीमा पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै गएपछि पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । जिल्ला सदरमुकाम खाँदबारीबाट करिब...
पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार
कास्की, २ वैशाख । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो...
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबिच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका...
परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
काठमाडौँ, २ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबिच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा.योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त...
पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
काठमाडौँ, २ वैशाख । नेपाली काङ्ग्रेसले पार्टीका पूर्वउपसभापति पूर्ण बहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । काङ्ग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको छ । समितिले...
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलाली, २ वैशाख । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । बर्सेनि नदीको कटान र डुवालने स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी भएपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा निरन्तरता...