पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो
लक्ष्मीप्रसाद सापकोटा पर्वत, ४ वैशाख । यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो । नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य...
जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश
निरञ्जन कुमार साह धनुषा, ४ वैशा । मिथिलाको प्राचीन धार्मिक नगरी जनकपुरधाम पुनः एकपटक आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिने तयारीमा छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ । यही वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यो महोत्सव केवल धार्मिक...
पाठ्यपुस्तक समयमै नपुगेको र आपूर्ति अभाव भयो भन्ने ‘भाष्य’ गलत हो : प्रवक्ता कुँवर
मनिषा बस्नेत काठमाडौँ, ४ वैशाख । नयाँ शैक्षिक सत्र २०८३ सुरू हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ । चैत १६ गतेदेखि सुरू भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै...
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
सङ्गीता राई धरान, ४ वैशाख । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए...
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछ : सभामुख अर्याल
काठमाडौँ, ४ वैशाख । सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधि र प्रक्रियाको उच्चपालना गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाइने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उहाँले सदनबाट छिटो कानुन निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट...
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
जमुना वर्षा शर्मा पोखरा, ४ वैशाख । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी...
‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
राधिका बुढाथोकी सिन्धुली, ४ वैशाख । वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन सकेका छैनन् । फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम वा असार–साउनको झरी...
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कञ्चनपुर, ४ वैशाख । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ । कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ...
सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरू, कार्यवाहक प्रमुख आफैँ फिल्डमा
काठमाडौँ, ४ वैशाख । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीको उद्धार कार्य सुरू गरेको छ । काठमाडौँलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार गर्न थालेको हो । यस कार्यको पहिलो...