माइतीघर मण्डलामा दीपा : सरकार, कोठा खाली छ ?
टीकाराम सुनार काठमाडौँ, २१ वैशाख । काठमाडौँको मुटुमा छ माइतीघर मण्डला–जहाँ कहिले विद्रोह, कहिले पीडा त कहिले आशाका आवाजहरू पोखिन्छन् । त्यसको केही कदम पर उभिएको छ सिंहदरबार–सत्ता, शक्ति र प्रशासनिक केन्द्र । त्यहीँ केन्द्रभित्रै छ अचेल संसद् । नजिकै छ सर्वोच्च अदालत । राज्यका यी तीनै अङ्गले प्रत्यक्ष सुन्ने...
भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ : प्रधानमन्त्री शाह
काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ– ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । अन्य भूमिहीन नागरिकहरूको...
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ, २१ वैशाख । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिनुभएको हो । यही वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा...
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
दिपक चन्द झापा, २१ वैशाख । वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र...
केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा...
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
खोटाङ, २१ वैशाख । किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरू भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षोउल्लासका साथ मनाउने गर्छन् । साकेला उँभौली चाडको अवसर पारेर किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका...
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
म्याग्दी, २१ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि हुनुभएको थियो । “हामी...
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
ज्ञानेन्द्र न्यौपाने रसुवा, २० वैशाख । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको छ । नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढाउने उद्देश्यले निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति तीव्रताका साथ अघि बढेको हो । दुई देशबिचको व्यापार, पर्यटन तथा सीमावर्ती...
डा.कुमार शर्मा आचार्य भन्छन्– पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन
काठमाडौँ, २० वैशाख । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै छ । प्रेस स्वतन्त्रताको महत्त्वलाई स्मरण गर्ने, पत्रकारहरूको योगदानलाई सम्मान गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले मनाइने यो दिवसको सान्दर्भिकता बढ्दो छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा...