ढुङ्गा खसेर गाडीमा आगलागी
चितवन, २४ वैशाख । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बिएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो । माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, २४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा तीन अर्ब ६२ करोड पाँच लाख...
विश्व सम्पदामा सूचीकृतोन्मुख पनौती
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २४ वैशाख । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहेको छ । विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का प्रतिनिधिदेखि नगरका जनप्रतिनिधिसम्म लागिपरेका छन् । विशेषगरी पनौती नगरपालिका–७ स्थित सम्पदा क्षेत्रलाई लक्षित गरी भएका विभिन्न प्रयासस्वरुप प्रक्रिया अन्तिम...
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
सङ्गीता राई धरान, २४ वैशाख । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो...
त्रिसाली मेलामा रमाउँदै यासोक
पाँचथर, २४ वैशाख । पाँचथरको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरु साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धाननाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । पाँचथरको कुम्मायक...
खाँदबारी–किमाथाङ्का सडक : ‘ट्रयाक’ स्तरोन्नति
खाँदबारी, २४ वैशाख । बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक (१६२ किमिमध्ये १०.८ किमि) मा ‘ट्रयाक’खालेर आवश्यक स्थानमा स्तरोन्नति गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको हो । उत्तर दक्षिण कोशी...
वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण
राधेश्याम विश्वकर्मा भैरहवा, २३ वैशाख । वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ । विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् । वन्यजन्तुको आक्रमणमा पर्ने मुख्य कारणमा दैनिक जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरु देखिएका...
हुरीले दुई बिघाको केराखेतीमा क्षति
दाङ, २३ वैशाख । यही वैशाख २० गते गएको ठुलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठुलो क्षति गरेको छ । घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उहाँले बताउनुभयो...
बाटोको कथा…
काठमाडौँ, २३ वैशाख । एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकोप्टर मौसमको प्रतिकूलताका कारण ४ हजार ४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो । हेलिप्याडमा एक जना व्यक्ति हेलिकोप्टरलाई इसारा गर्दै, सामान मिलाउँदै, इन्धन भर्दै थिए । उनी सामान्य हेली सहयोगी जस्ता देखिन्थे । तर, वास्तविकतामा उनी थिए नेपालकै...