प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’
TNV News Update

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ, १५ पुस । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नम्बर ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नम्बर ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो । सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका...
सुत्केरी उद्धारमा सेनाको प्रेरक भूमिका
TNV News Update

सुत्केरी उद्धारमा सेनाको प्रेरक भूमिका

सङ्गीता राई धरान, १५ पुस । दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई/तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकोप्टर आकस्मिक उद्धारको महत्त्वपूर्ण माध्यम बनेको छ । गर्भवती र सुत्केरी महिलाका लागि यस्तो उद्धार धेरै जिल्लामा जीवन जोगाउने प्रमुख...
कुल ६४ दलले बुझाए समानुपातिकको बन्द सूची
TNV News Update

कुल ६४ दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ, १५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल...
निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च
TNV News Update

निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

गण्डकी, १५ पुस । समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा...
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
TNV News Update

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

सप्तरी, १५ पुस । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द...
जेनजी आन्दोलन : सहाराविहीन भयो सहिद थापाको परिवार
TNV News Update

जेनजी आन्दोलन : सहाराविहीन भयो सहिद थापाको परिवार

कमल कुमार बस्नेत काठमाडौँ, १४ पुस । गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी...
एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची
TNV News Update

एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ, १४ पुस । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै...
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री गौतम
TNV News Update

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ, १४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उहाँले सुशासन, संस्थागत...
आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन : पूर्वगृहमन्त्री लेखक
TNV News Update

आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि उहाँले पत्रकार...