सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुख : प्रधानमन्त्री कार्की
काठमाडौँ, १६ पुस । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उहाँले राजनीतिक स्थिरता तथा विश्वास कायमगरी...
सर्वसाधारणको नाममा वालेट आइडी बनाइ ठगी गर्ने ६ जना पक्राउ
जनकपुर, १६ पुस । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आइडी बनाएर ठगी गर्ने समूहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समूहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आइएमई) सञ्चालन...
पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौँ, १६ पुस । विशेष अदालतले घुस (रिसवत) प्रकरणमा पूर्वमन्त्री राज कुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले ७८ लाख रूपैयाँ घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू...
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
सिन्धुली, १६ पुस । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दुरीमा अवस्थित...
गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा
काठमाडौँ, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्यटन बोर्डको २७औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल पर्यटन...
पाँचदिने सेकाहा महोत्सव सम्पन्न
खाँदबारी, १६ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा पाँचदिने ‘ऐतिहासिक सेकाहा महोत्सव’ समापन भएको छ । शुक्रबारदेखि स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सुरु भएको महोत्सव आज सम्पन्न भएको हो । महोत्सवको समापनमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पर्यटन प्रवर्द्धनका...
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो
म्याग्दी, १६ पुस । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’...
झापाका चौहान दाजुभाइको डिजिटल उडान
दिपक चन्द भद्रपुर, १६ पुस । गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले । शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज “विदेश कहिले जाने ?” भन्ने प्रश्नको उत्तर आफ्नै युट्युब च्यानलमार्फत दिइरहेका छन् ।...
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो
धनुषा, १६ पुस । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख...