महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली
TNV News Update

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

गुल्मी, २० पुस । नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई...
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
TNV News Update

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै

स्याङ्जा, २० पुस । स्याङ्जाको वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ–१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो । नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो...
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस
TNV News Update

एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

दाङ, २० पुस । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस...
हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड
TNV News Update

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड

रुपनी जिएम बाँके, २० पुस । बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै...
पाथीभरा क्षेत्रमा हिमपात
TNV News Update

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, २० पुस । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने...
एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला
TNV News Update

एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला

तनहुँ, २० पुस । तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिनुभएको छ । एक हप्तादेखि सम्पर्कविहीन पौडेल आज मर्स्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि नेपाल...
निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
TNV News Update

निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ, २० पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति...
हामी चुनावको पक्षमा छौँ, तर महाविध्वंशकारीहरु खुलेआम हिँडिरहेका छन् : झलनाथ खनाल
TNV News Update

हामी चुनावको पक्षमा छौँ, तर महाविध्वंशकारीहरु खुलेआम हिँडिरहेका छन् : झलनाथ खनाल

प्रमिला कार्की पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको रेखदेखमा हुनुहुन्छ । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकार भारतबाट उपचार गरेर फर्किएपछि घरमै आराम गरिरहनुभएको छ । त्यसकारण खनाल चित्रकारको रेखदेख र पार्टीको आन्तरिक काममा व्यस्त हुनुहुन्छ । पछिल्लो...
बालबालिकालाई न्यानो कपडा वितरण
TNV News Update

बालबालिकालाई न्यानो कपडा वितरण

गोरखा, २० पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो ।...